| १९ असार २०७९, आईतवार २०:३७
लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो ।
कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पु¥याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो ।भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान बाट प्रकाशीत तस्वीरमा नेपाल’सहित पाचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।