☰ open Loading... 19 November 2024|  

स्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी कार्यक्रम
  | २२ असार २०७९, बुधबार ०५:२४

यामराज बिष्ट दैलेख। दैलेखको महाबु गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याकंन सम्बन्धी पालिका स्तरीय एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय तहको स्वमुल्याकंनमा सहयोग गर्ने उदेश्यले महाबु गाउँपालिकाको आयोजना एक दिने कार्यक्रम गरिएको हो ।

 

प्रचलित नियम कानूनको बारेमा जानकारी गराउने, न्यायिक समितिको क्षेत्राधिकार र कार्यप्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय भोलाराम पंगालीले जानकारी दिए ।

 

महाबु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेले पालिकाभित्र रहेका जनप्रतिनिधि र कर्मचारीले  सेवाग्राहीलाई सेवा प्रदान गर्दा सकारात्मक सोचका साथ गर्नु आवश्यक रहेको बताइन् ।

 

उनले भनिन्, ‘यो कार्यक्रमले पालिकाभित्र रहेका जनप्रतिनिधि, कर्मचारीको इमान्दारिता र लगनशिलताले लक्ष्यमा पु¥याउन सहयोग पुग्नेछ ।’

 

कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी  गणेश प्रसाद कोइरालाले यो कार्यक्रमले समग्रमा सुशासन कायम राख्दै स्वच्छ प्रतिस्पर्धा कायम  गर्न सहयोग पुग्ने बताए ।

 

स्थानीय सकारले संस्थागत स्वमुल्याङकन गर्दा स्थानीय सरकारको शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण, सेवा प्रवाह कार्यहरू गर्नुपर्ने जोड दिए । कार्यक्रममा महाबु गाउँपालिका भित्रका जनप्रतिनिधि र गाउँपालिका अन्तर्गतका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।