| २२ असार २०७९, बुधबार ०५:३४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट भएको छ ।
मङ्गलवार भएको भेटमा सङ्घीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरूलाई परिरहेको मानसिक स्वास्थ्य सम्बन्धी असर, कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो । भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो ।
स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ । भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरूका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरूको बारेमा छलफल भएको थियो ।