☰ open Loading... 25 December 2024|  

पहिरोबाट पीडित खाद्यअधिकार समुहले बुझायो ज्ञापन पत्र
  | २२ असार २०७९, बुधबार २२:११

दैलेख –पहिरोबाट पिडित खाद्यअधिकार समुह नारायण नगरपालिका ४भिरमैराले नारायण नगरपालिका मेयर लोमन शर्मा नारायण नगरपालिका वडा नं -४का वडाअध्यक्ष चन्द्र वहादुर कटुवाललाई ज्ञापन पत्र बुझाएको छ । बुधबार नारायण नगरपालिका र वडा नं-४को कार्यालयमा पुगेर समुहले ५ बुँदे सहित माग सहित ज्ञापन पत्र बुझाएको हो ।

नारायण नारायण नगरपालिकिा वडा नं-४ भिरमौरा भन्ने ठाँउमा २०७५ मा पहिरोले गर्दा किसानको सिँचाई गर्ने कुलो वगाएको छ जसले गर्दा ६० रोपनि जग्गा सिँचाई बाट वञ्चित भएको छ र खानेपानिको मुहानमा पनि पानीको सतह कमभएको अवस्था देखिन्छ यसको संरक्षण हुनुपर्ने पत्रमा उल्लेख छ ।

सिचाँई कुलोको पुनःनिर्माण गरियोस् ,पहिरोले गर्दा पुरिएका खेति योग्य जमिनको पुनःव्यवस्थापन, पहिरोबाट पुरिएको खेतियोग्य जमिनको कर मिनाह , बाढी पहिरोबाट क्षति भएका घरधनीलाई राहत माग गर्दै ज्ञापन पत्र बुझाइएको पहिरोबाट पिडित खाद्य अधिकार समुहका अध्यक्ष टेक बहादुर रानाले बताए ।

विपन्न वर्ग, मजदुरलाई ठूलो नोक्सान परेकाले राहत र पहिरो नियन्त्रणको लागी विशेष पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष रानाले जानकारी दिए ।