☰ open Loading... 24 December 2024|  

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
  | २३ असार २०७९, बिहीबार ०५:१२

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

सम्बोधनका क्रममा अर्थमन्त्री शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गर्दै यसको ज्ञान पनि नरहेको बताए ।

 

‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’