☰ open Loading... 23 December 2024|  

दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि
  | २३ असार २०७९, बिहीबार १०:०३

दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजना तथा नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा बुधबार संञ्चारकर्मीहरू  संग  गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा  बैठकमा समग्र जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांङ्कमा उल्लेख छ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले आव २०७८\०८९ को १० महिनाको वार्षिक प्रगति विवरण प्रस्तुत गदै जिल्लामा नियमित पूर्ण खोप ८५ प्रतिशतले लगाएको जानकारी दिए । रेग्मीका अनुसार ५४ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य सेवा कार्यालय बाट सेवा लिने गरेको र १८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य स्वयमसेवीका बाट सेवा लिने गरेको बताए ।

जिल्लाभर २.५ केजि भन्दा कम तौल भएका बच्चाहरुको संख्या ४.८ प्रतिशत, ६ महिना सम्म आमाको दुध खाने बच्चाहरुको संख्या ७५.७ प्रतिशत, एक वर्ष सम्म पनि तौल नबढ्ने बच्चाहरु ४.१ प्रतिशत रहेको छ । यस्तै नयाँ खोजि गरिएका कुपोषितको संख्या ३६६ जना, सुरक्षित मातृत्व कार्यक्रम ३ वर्षको तुलनात्मक कभरेज अनुसार डेलिभरी गराउनेको संख्या ७०.५ प्रतिशत, तोकिएको मितिमा चार पटक जचाउने आमाहरुको संख्या ४५.१ प्रतिशत, सुत्केरी पश्चात २४ घण्टा ७२ घण्टा र ७ दिन जाच गर्ने आमाहरुको संख्या ५१.६ प्रतिशत रहेको छ ।जिल्लाभर एचआईभि पोजेटिभ भई औषधी खानेको संख्या २०२ जना रहेको छ ।

यस्तै कोभिडको तथ्याङ्क आ.व २०७८\०८९ मा जिल्लाभर कोभिड -१९ को चेक जाँच भएको संख्या २३ हजार ७ सय ६६ जना मध्ये ४ हजार ८१ जनामा पोजेटिभ देखिएको छ भने २९ जनाको मृत्यु भएको तथ्याङ्क मा उल्लेख छ ।