☰ open Loading... 24 December 2024|  

वादी समुदायले जनप्रतिनिधिलाई वुझाए मागपत्र
  | २४ असार २०७९, शुक्रबार २०:२१

 


दैलेख- नारायण नगरपालिका १ नमुना वस्तिमा वसोवास गर्ने वादी समुदायले नगर प्रमुख र वडा अध्यक्षलाई माग पत्र वुझाएका छन ।उक्त समुदायले एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख लोमन शर्मा र वडा अध्यक्ष सन्देश कुमार श्रेष्ठलाई समुदायले भोग्दै आएका समस्या समेटेर माग पत्र वुझाएका हुन ।

लामो समयदेखी सार्वजनिक जग्गामा वसोवास गर्दै आएको हुदा स्थायी वसोवासको व्यवस्था गरिदिनुपर्ने, आय आर्जनमा जोड्नुपर्ने, समुदाय आधारभुत आवश्यकताको पहिचान गरि उपलव्ध गराउनुपर्ने लगायतका वादी समुदायले बुझाएको माग पत्रमा उल्लेख छ ।

वादी समुदायको माग पत्र वुझ्दै नगर प्रमुख शर्माले मागपत्रमा उल्लेख गरिएका कुराहरु प्रती स्थानिय सरकार सम्बेदनशिल रहेको र ती कुराहरुको कार्यान्वयनमा लाग्न प्रतिवद्द रहेको बताएका थिए । उनले नगर भित्रका सवै नागरिक वरावर भएको र स्थानिय सरकारले सवैलाई समान रुपले व्यवहार गर्नेप्रती विश्वस्त हुन अनुरोध गरेका थिए ।

कार्यक्रममा वादी समुदायलाई जनप्रतिनिधिहरुलाई कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।