☰ open Loading... 24 December 2024|  

गंगादेवका इन्जिनियर ५० हजार घुससहित पक्राउ
  | २५ असार २०७९, शनिबार ०५:१३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत इन्जिनियर नविन डाँगीलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

 

डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित गाउँपालिकाको वडा नं. २ स्थित घरबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए ।