☰ open Loading... 24 January 2025|  

थप १०२ जनामा कोरोना पुष्टि
  | २६ असार २०७९, आईतवार ०५:३२

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५३९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७२ जना र १ हजार ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ८३५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६५६ पुगेको छ । हाल नेपालमा ६ सय ५ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।