☰ open Loading... 25 January 2025|  

चट्याङले एक युवा र ४७ भेडाबाख्रा मरे
  | २६ असार २०७९, आईतवार ०५:४३

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्वर ८ काे धर्मशालामा चट्याङले ४७ वटा भेडा बाख्रा मरेका छन्।

बुधबार बेलुका ५ बजे आसपास तातोपानी ८ डैसिले लेककाे धर्मशालामा परेकाे चट्याङले ४७ वटा भेडा बाख्रा मरेकाे र ३८ वटा घाइते भएकाे तातोपानी ८ का वडाअध्यक्ष नर बहादुर रावतले जानकारि दिएका छन्।

ताताेपानी ८ का भेडापालक लाल ब शाहि, बल ब शाहि, नैने शाहि, राम बहादुर शाह,खडक शाहि, तिला ४ का मणिचन्द्र उपाध्याय र दिपक चाैंलागाईका भेडाबाख्रा मरेका हुन। तातोपानी गाउँपालिकाले वडा नम्बर ६ का अध्यक्ष विशाल खड्काकाे नेतृत्वमा क्षति विवरण संकलनका क्षतिग्रस्त स्थलमा पुगेर फर्किएकाे छ।

तथ्यगत विवरण सँकलन गरि फर्किएकाे ताताेपानि गाउँपालिका ६ का वडाअध्यक्ष विशाल खड्काले जानकारि दिएका छन्। क्षतिपूर्ति र राहत प्रदानका लागि गाउँ कार्यपालिकाकाे बैठकबाट निर्णय गरिने समेत उनले बताएका छन्। यसैबिच जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले पानी परेको बेला रुखमुनि ओत लागिरहेको समयमा उनीमाथि चट्याङ परेको थियो ।