☰ open Loading... 23 December 2024|  

आठबिसकोट नगरपालिका खोप सुनिश्चितता पालिका घोषणा
  | २७ असार २०७९, सोमबार ०५:१०

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ आइतबार औपचारिक कार्यक्रम गरि पूर्णखोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको हो ।

 

आठबिसकोट नगरपालिकाले १५ महिना उमेर समूहका बालबालिकाहरुमा ९२ प्रतिशत खोपको दायरा बढाएर रुकुम जिल्लाको पहिलो खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख पेम प्रकाश रोकायले बताए ।

 

नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले खोप समन्वय समिति आठबिसकोट नगरपालिका स्वास्थ्य चौकी, साझेदार संघसंस्थाहरुलाई पूर्णखोप नगरपालिका बनाउन सहयोग गरेकोमा सम्मान पत्र हस्तान्तरण गरिएको संयोजक रोकायले जानकारी दिए ।

 

जिल्ला खोप समन्वय समितिले प्रामाणिकरण गरि आठबिसकोट नगरपालिका नगर प्रमुख तथा नगरपालिका पूर्णखोप समन्वय समितिका संयोजक रवि केसीलाई जिल्ला खोप समन्वय समितिका प्रतिनिधि मेडिकल अधिकृत डा. सुदिप कुमार यादब र केशव मेहेताले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, स्वयंसेविका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।