☰ open Loading... 5 February 2025|  

गुराँस घटनाबारे छानविन गर्न समिति गठन
  | १ श्रावण २०७९, आईतवार ०५:२८

गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले आन्दोलनमा भएको घटनाका बारेमा सत्यतथ्य बुझ्न छानविन समिति गठन गरिएको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षमा बसेको सर्वपक्षिय बैंठकपछि उपसचिव ज्ञानमणी नेपालको संयोजत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो। समितिको सदस्यहरुमा भक्तबहादुर मल्ल जिल्ला समन्वय अधिकारी, दिलबहादुर चौधरी (डिएसपी) राष्ट्रिय अनुसन्धान नेपाल,यज्ञराज थापा नेपाल पत्रकार महासंघ अध्यक्ष दैलेख, भुपेन्द्र थापा प्रशासकिय अधिकृत जिल्ला प्रशासन कार्यालय दैलेख सदस्य सचिव रहने गरि समिति गठन भएको हो।

समितिले १५ घटनाको अनुसन्धान गरि सत्यतथ्य कुरा प्रतिवेदन मार्फत १५ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने छ। आन्दोलनरत कर्मचारी र प्रहरीबीच दोहोरो झडप भएको थियो। प्रहरीले गोली हान्दा दुई जना कर्मचारी घाइते भएका थिए। ७ जना प्रहरी समेत घटनामा घाइते भएका थिए। गुरासँ गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेसंगै करार कर्मचारी आन्दोलनरत छन्।

कर्मचारी नेताले भेटे घाईते

आधिकारिक टेड्र यूनियनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सुशिल केसीले गुराँस गाउँपालिकामा भएको झडपमा घाइते कर्मचारीहरु भेटेका छन्। घाइतेको अवस्था बुझ्न केसी लगायत नेपाल कर्मचारी युनियन केन्द्रीय सदस्य राजेश बुढा, सुर्खेतका अध्यक्ष गणेश थापासहित कर्मचारीहरु शनिबार प्रदेश अस्पताल सुर्खेतमा पुगेका थिए। घाइतेहरुलाई भेट्नुका साथै घटनाबारे जानकारी दिएका थिए। घाइते कर्मचारीको निशुल्क उपचार र अन्यायमा परेका करार कर्मचारीहरुलाई न्याय हुने गरि कदमहरु चाल्ने आधिकारिक टेड्र यूनियनका नेता सुशिल केसीले बताए।