☰ open Loading... 24 January 2025|  

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ
  | १ श्रावण २०७९, आईतवार ०५:३३

बाँके : प्रहरीले २८१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षमा २८१ जना प्ररार प्रतिवादीलाई विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

 

जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ ।

 

पक्राउ परेका ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फरार प्रतिवादीको संख्या अझै बढ्नसक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए ।