☰ open Loading... 26 December 2024|  

डुगेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो
  | ५ श्रावण २०७९, बिहीबार ०५:२५

दैलेख  :  डुगेश्वर गाउँपालिकामा करार कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय विरुद्ध गरिएको तालाबन्दी खोलिएको छ । गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीको संयोजकत्वमा बसको पाँच सदस्यीय वार्ता टोलीले डुङ्गेश्वर गाउँपालिकाको मिति २०७९/३/३० गते को कार्यपालिका बैठकको निर्णय नः ३ मा करार कर्मचारीको करार सम्झौता नवीकरण गर्ने निर्णयलाई गाउँ कार्यपालिकाको बैठक बसी बसी डुगेश्वर गाउँपालिकाको करार कर्मचारी कार्यविधि अनुसार करार सम्झौता नवीकरण गर्ने गरी कार्यपालिका बैठकमा प्रस्ताव लिने सहमति पछि गाउँपालिकामा लागेको तालाबन्दी खुलेको हो ।

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं. ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नहुने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरू, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालकबाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्कर्पियो चालक एक जना, विद्यालय तर्फको गेट पाले, माध्यमिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नहुने भएको थियो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरभाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण नहुने भएको थियो । गाउँपालिकाले करार सम्झौता नहुने कर्मचारीहरूका लागि आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी सामग्री बरबुझारथ गर्न सूचना जारी गरेको थियो। निर्णयअनुसार गाउँपालिकामा विभिन्न पदमा करारमा कार्यरत ४२ जना कर्मचारीहरूको करार सम्झौता नवीकरण नहुने देखिन्छ ।

आन्दोलनरत करार कर्मचारीले गरेको तालाबन्दीमा गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपाने एक घण्टा कार्यकक्षमै थुनिनु भएको थियो । गुराँस गाउँपालिकामा भने कर्मचारीहरुले गाउँपालिकामा गरिएको तालाबन्दी भने प्रहरीले उतबेलै फुटालेको थियो । त्यसको दोस्रो दिन कर्मचारीहरुले गाउँपालिकामा धर्ना दिएका थिए ।