☰ open Loading... 16 November 2024|  

सुर्खेत औद्योगिक क्षेत्रमा ३ सय जनाले पाए रोजगारी
  | ६ श्रावण २०७९, शुक्रबार ०५:२७

सुर्खेतमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र रहेका २२ वटा उद्योगमा ३ सय जनाले रोजगारी पाएका छन्। हाल सञ्चालनमा उद्योगहरुबाट प्रत्यक्ष ३ सय जनाले रोजगारी पाएका हुन्।

औद्योगिक क्षेत्रभित्र २७ वटा उद्योगमा २२ वटा सञ्चालन भएका छन्। ३ वटा निर्माधिक अवस्था, २ वटा बन्द अवस्थामा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। ९० रोपनी जग्गामा औद्योगिक क्षेत्र फैलिएको छ।

कर्णालीमा रहेको एक मात्र औद्योगिक क्षेत्र भएपनि सरकारको ध्यान पुग्न नसक्दा फड्को मार्न नसकेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताए। ‘कर्णालीमा ठूलो उद्योग स्थापनाका लागि सवै पक्षबाट लाग्न जरुरी छ।’ कार्यालय प्रमुख बन्जाडेले भने, संघ र प्रदेश सरकारले उद्योग स्थापनाका लागि आर्कषणका योजना ल्याउनुपर्छ।’ ठूला उद्योग सञ्चालनमा आए कर्णालीमा रोजगारीको सिर्जना हुने भएकाले सवैको हातेमालो हुनुपर्ने औद्योगिक ब्यवस्थापनले जनाएको छ।

कर्णाली प्रदेशमा रहेको एक मात्र औद्योगिक क्षेत्रको विकासमा सरकारले ध्यान नदिदाँ नाम मात्रको औद्योगिक क्षेत्रका रुपमा रहेको छ। कर्णाली कोल्ड चेन लजिष्टिक प्रा.ली. सुर्खेत डेरी उद्योग प्रा.ली., भवानी छापाखाना, सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज लगायत २२ वटा उद्योगहरु सञ्चालमा रहेका छन्। ठुलो लगानीमा न्युन उद्योगहरु रहेका छन्।

१ करोडभन्दा कम लगानीमा धेरै उद्योगहरु सञ्चालनमा रहेका छन्। वीरेन्द्रनगर औद्योगिक क्षेत्र स्थापना भएको ४१ वर्षमा प्रवेश गरेको छ। २०३८ कात्तिक २२ गते वीरेन्द्रनगर औद्योगिक क्षेत्रको स्थापना भएको हो। वातावरणीय मैत्री औद्योगिक क्षेत्र बनाउन लागिएको कार्यालय प्रमुख बन्जाडेले बताए।

विद्युतको डेडिकेट फिडर निर्माण, पानीको ओभरहेड टंकी तथा नयाँ पाईप लाईन विस्तान, कार्यालय र कर्मचारी आवास निर्माण, कालोपत्रे निर्माण, ढल, चमेना गृह, सेन्ट्री पोष्ट, क्लिनिक, दिवा शिशु स्याहार केन्द्र, बैंक एक्सटेन्सन काउण्डर, बारुण यन्त्रको व्यवस्थापन लगायतका कुराहरु औद्योगिक क्षेत्रमा हुन बाँकी रहेको छ।