☰ open Loading... 24 December 2024|  

प्रेस युनियनको केन्द्रिय सदस्यमा कान्तिपुरकर्मी ज्योति निर्वाचित
  | १० श्रावण २०७९, मंगलवार ०८:४०

नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा कान्तिपुरकर्मी ज्योति कटुवाल निर्वाचित भएकी छन् । दैलेख घर भएकी कटुवाल काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा प्रेस युनियनको केन्द्रिय सदस्यमा सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।