| ११ श्रावण २०७९, बुधबार ०५:१४
रुकुम पश्चिम, । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –८ मा सोमबार रातिको वर्षापछि आएको पहिरोबाट गारा वस्तीका पाँच घर उच्च जोखिममा परेका छन् । पहिरोले मकैबाली बगाएको छ । पहिरोले गर्दा स्याला गाउँको बस्ती जोखिममा परेको वडाअध्यक्ष खगेन्द्र विकले जानकारी दिए ।
उनका अनुसार आठबीसकोट नगरपालिका–८, स्यालास्थित नाउलापानीको मुहानसमेत फुटेको छ । स्थानीय हरिबहादुर बुढा र भिमबहादुर बुढाको घर आगन पहिरोले पुरिएको अध्यक्ष विकले जानकारी दिए ।
त्यसैगरी आठबिसकोट –७ मा रहेको गारा –सिम्तारा वस्ती पहिरोको उच्च जोखिममा परेको छ । दाजे – खदी सडकखण्ड निर्माण गर्दा खनिएको माटो वर्खायाम शुरु भएसँगै माटो बगाएर बाढी आउने गरेको स्थानीयको भनाइ छ