| १८ श्रावण २०७९, बुधबार ०५:२७
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना उपसचिवलाई घुससहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रहेका छन् ।उनी ६ लाख घुससहित पक्राउ परेका हुन् ।
उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।