☰ open Loading... 17 November 2024|  

म कसैसँग डराउँदिन, मृत्युलाई आँखै अगाडि देखेर आएको हुँ : रवि
  | १८ श्रावण २०७९, बुधबार ०५:३५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा भरोसा गर्न लायक मान्छे नभएकाले आफू राजनीतिको फोहोर सफा गर्न  मैदानमा आएको उनले बताए । उनले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘अब सङ्कल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ । विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन।’ उनले नेताहरुले गरेको गल्तीको एक एक हिसाब खोज्नु पर्ने बताए । उनले आफूहरुले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको तर अहिले सयौं नागरिकले उपचार पाइरहेको समेत बताए । रातोपाटी