| १९ श्रावण २०७९, बिहीबार ०५:२५
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जनाको मृत्यु भएको छ ।६ हजार २ जनाको परीक्षण गर्दा ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।