| २० श्रावण २०७९, शुक्रबार ०५:१०
काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्नका लागि तयार रहेको बताएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी दिएका हुन् ।
शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने उनले बताए । यस्तै संघीय र प्रदेश सभाको चुनावका लागि आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया शुरु गर्ने भएको छ ।
प्रमुख निर्वाचन थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया शुरु गरिने जानकारी दिए ।