यामराज बिष्ट
दैलेख –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दैलेखमा ४ वटा मतदानस्थल साविकको स्थानबाट सारिएको छ। नारायण नगरपालिका वडा नं- ९ को देउतीस्थाल साँडुलाई ९ नंं वडा कार्यालय भवन सारिएको छ। गुराँस गाउँपालिका वडा नं। १ मा रहेको महिला सामुदाियक भवनलाई १ नं वडा कार्यालय भवनमा मतदान स्थल सारिएको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले बताईन् ।
यसैगरी, दुल्लू नगरपालिका वडा नं- ८ मो रहेको पौवालाई हनुमान आधारभुरत विद्यालय पौवा र भैरबी गाउँपालिका वडा नं- ४ मा रहेको वडा कार्यालय भवनलाई गौरी मावि बालेकाँडा मतदानस्थल सारिएको निर्वाचन अधिकृत काउचाले जानकारी दिईन्।
उनका अनुसार दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसहित राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा उक्त मतदान स्थल सारिएको हो।
यस्तै जिल्लामा ३ वटा नयाँ मतदान स्थल थप गरिएको छ। आठबीस नगरपालिका वडा नंं- ३ मा नेरामावि कुमालखाडा जाक्सी, नारायण नगरपालिका वडा नं- ८ मा दिपशिशु आवि सिमडा र चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं- १ मा पंचकोशी आवि पाल्त नयाँ मतदानस्थल थप गरिएको छ।
दुई हजार ५८८ मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या जिल्लामा स्थानीय तहको निर्वाचनपश्चात दुई हजार ५८८ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा जिल्लाभर एक लाख ५८ हजार ४८९ मतदाता संख्या रहेको थियो ।असार १ गतेदेखि साउन १९ गतेसम्म महिला एक हजार ११२ र पुरुष एक हजार ३७६ मतदाता संख्या थपिएका हुन्।