☰ open Loading... 16 November 2024|  

गृहले भन्यो- नागरिकतामा अपमानजनक नाम नराख्नू, भएकालाई सच्याउन दिनू
  | २४ श्रावण २०७९, मंगलवार ०५:१४

काठमाडौं : सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने जनाएकाे छ ।

 

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले त्यस्ता शब्द प्रयाेग गरेर नागरिकता प्रमाणपत्र जारी नगरिने जनाएकाे हाे ।

 

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक अपमानजनक शब्द राखी जारी भएकाे सम्बन्धमा प्रकाशित समाचार र सूचनामा गम्भीर ध्यानाकर्षण भएकाे गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन दिइने विज्ञप्तिमा उल्लेख छ ।

 

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिकाे नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने,त्यसरी अपमानजक शब्द  प्रयाेग गरी जारी भएका नागरिकता प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने,’ विज्ञप्तिमा लेखिएकाे छ ।

No description available.