| २६ श्रावण २०७९, बिहीबार ०५:०३
काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । ८६८ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बुधबार संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।