सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकम सहित जन नमूना माविको कागजात नियन्त्रणमा लिएको छ।
कक्षा ११ को प्रवेश परिक्षमा उत्तीर्ण विधार्थीबाट विधालयले रकम असुली गरेको अख्तियारले आयोगले जनाएको छ। अदालतको आदेश विपरीत विल समेत उपल्बध नगराई रकम लिएको भन्दै कागजात सहित रकम नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
रकम असुलेको उजुरी पछि अख्तियारबाट खटिएको टोलीले विधालयमा छानविन गर्दा विधालयमा कार्यरत कार्यालय सहायक र सुचना सहायको टेवुलको घर्रा र दरार्जबाट विना रसिद विभिन्न विधार्थीहरुबाट लिएको २ लाख ७६ हजार रकम बरामद गरेको छ।यसअघि उच्च अदालत सुर्खेतले सामुदायिक विधालयमा अध्ययनरत विधार्थीबाट कुनैपनि शुल्क नलिन आदेश जारी गरेको थियो।
अदालतको आदेश विपरीत विधालयले रकम लिएको गुनासो र उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी भेषराज रिजालले विधालयका सम्पुर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको बताए।