| २ भाद्र २०७९, बिहीबार ०५:०२
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ८३ जनाको नमुना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै तीन सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा पाँच हजार चार सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार सात सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।