☰ open Loading... 19 October 2024|  

थप ६२३ जनामा कोरोना संक्रमण
  | ४ भाद्र २०७९, शनिबार ०५:१७

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनाको परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।