☰ open Loading... 19 October 2024|  

निर्वाचनका लागि उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न आयोगको निर्देशन
  | ४ भाद्र २०७९, शनिबार ०५:१९

काठमाडौं : निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न निर्देशन दिएको छ ।

 

भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने ठाउँ तथा भवनको यकिन गर्न आयोगले निर्देशन दिएको हो ।

 

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा कुनै सरकारी कार्यालय वा सरकारी स्वामित्वमा रहेको कार्यालय भवनलाई प्रयोग गर्नुपर्नेछ । तर यस्तो भवन उपलब्ध नभएको खण्डमा भाडामा र तोकिएको बजेटको सीमाको परिधिभित्र रही लिनुपर्ने व्यवस्था छ ।

 

साथै मतदानस्थल तथा मतदान केन्द्रलाई अपाङ्ग, अशक्त तथा लैङ्गिकमैत्री बनाउने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

 

आयोगले जनशक्ति व्यवस्थापनका लागि भदौ २० गते अगावै सङ्घ, प्रदेश र पालिकामा काजमा खटिएका कर्मचारीलाई अन्यत्र खटाइएको भए पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने वा त्यस्तो ठाउँमा स्वीकृत