☰ open Loading... 19 October 2024|  

चट्याङ लागेर १९ वर्षीय कुमाईको मृत्यु
  | ४ भाद्र २०७९, शनिबार ०५:२२

मुगु । जिल्लाको छाँयानाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर एकको मृत्यु भएको छ, भने एक जना बेहोस् भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा १९ वर्षीय अजबहादुर कुमाई रहेका छन् ।

त्यस्तै, चट्याङका काराण कुमाईका साथी शेरबहादुर बुढा बेहोस् भएका हुन् । वडाअध्यक्ष कुञ्जुमा कुमाईका अनुसार नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासि आएको चट्याङ लागेर कुमाईको मृत्यु भएको हो ।

बेहोस भएका बुढा एक घण्टापछि होसमा आएपछि घर ल्याएको छ । मृतक कुमाईको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ठिनी ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शुवास हमालले जानकारी दिए ।