☰ open Loading... 19 October 2024|  

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण
  | ४ भाद्र २०७९, शनिबार ०५:५६

दैलेख –सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बुझ्ने सहज बनाएको छ । ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षा भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैंकसँगको समन्वयमा घरदैलोमै सेवा पु¥याइएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं- ८ का अध्यक्ष दीपेन्द्र ओलीले बताए । ओलीका अनुसार बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा पालिकाले बैंकको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडास्तरमै भत्ता दिने व्यवस्था गरेको हो ।

अहिले आफ्नै घर आँगनमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएको भन्दै गुराँस–८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले धेरै खुसी लागेको बताए । ‘बैक टाढा हुँदा भत्ता लिन जान एक दिन पुरै लाग्थ्यो, बैंकमा लाइन लाग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसपालि गाउँमै भत्ता बुझ्न पाइयो । मजस्ता ज्येष्ठ नागरिकलाई निकै सुबिस्ता भयो ।’

ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उनीहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए ।यसअघि बैंकमार्फत मात्रै भत्ता दिने व्यवस्था रहेकोमा अहिले टोल–टोल र घरदैलोमै वितरणको प्रबन्ध मिलाइएको हो