☰ open Loading... 18 October 2024|  

थप २८६ जनामा कोरोना संक्रमण
  | ६ भाद्र २०७९, सोमबार ०५:१६

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो ।

 

एक हजार आठ सय १६ जनाको पीसीआर र एक हजार छ सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ७९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

हाल सक्रिय सङ्क्रमितको संख्या चार हजार तीन सय ४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ९२ पुगेको छ । हाल होम आइसोलेशनमा चार हजार एक सय ५५, संस्थागत आइसोलेसनमा एक सय ९३, आईसीयूमा ५१ र भेन्टिलेटरमा पाँच सङ्क्रमित छन् ।

 

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुग र रुकुम पश्चिम छन् । काठमाडौंमा दुई हजार ९१, ललितपुरमा ७२५ र भक्तपुरमा ६१ सक्रिय संक्रमित रहेका छन् । कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।