☰ open Loading... 18 February 2025|  

विपन्न परिवारका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा
  | ८ भाद्र २०७९, बुधबार १०:४१

दैलेख –गोठपाँडा कृषक सहकारी संस्थाले नारायण नगरपालिका भित्रका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय गरेको हो।

प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका दुई जना बालबालिकालाई  छनोट गरेर सहकारीको आर्थिक लगानीमा  प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुग्ने सहकारीका व्यवस्थापक दिनेश थापाले जानकारी दिए ।

आर्थिक अभावका कारण पढाइमा पछि परेका दुई जनालाई छनोट गरेर यस वर्ष परियोजना र सहकारीको आर्थिक सहयोगमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउने निर्णय भएको व्यवस्थापक थापाले बताए।