☰ open Loading... 20 September 2024|  

जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला
  | ९ भाद्र २०७९, बिहीबार ०५:०८

दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय)मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।

घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए ।

चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो । आज सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । चौधरीको शव ड्याममा रहेको सुकेको रुखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो ।