☰ open Loading... 19 September 2024|  

भौतिक पूर्वाधारका योजनामा समयमै सक्न निर्देशन
  | ९ भाद्र २०७९, बिहीबार ०५:२०

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधारका योजनामा हुने ढिला सुस्ती रोकेर समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । बुधवार वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ १५ गते भित्र सबै योजना कार्यान्वयन गरिसक्न वडाध्यक्षहरूलाई दिएको छ ।

आर्थिक वर्षको अन्त्यमा योजना सुरु गर्ने, जथाभाबी बजेट खर्च हुने प्रवृत्तिलाई अन्त्य गर्ने विषयमा बैठकमा छलफल गरेको छ ।

प्राविधिक र सबै वडाध्यक्षको उपस्थितिमा भएको बैठकमा बजेट समयमै निकासा गर्ने, योजनमा देखिएका कठिनाइ तत्काल नगरपालिकामा जानकारी गराउने, अवरोध हटाउने, अनुगमनलाई प्रभावकारी बनाउने जस्ता निर्णय भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटअनुसार नगरपालिका भित्रका सबै वडाहरूलाई काममा तीव्रता ल्याउन प्रमुख ढकालले आग्रह गरेकी छन् ।