☰ open Loading... 19 September 2024|  

४४४ जनामा कोरोना संक्रमण
  | १० भाद्र २०७९, शुक्रबार ०५:०६

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । थप ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै, पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । मन्त्रालयका अनुसार ४ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।