☰ open Loading... 19 April 2024|  

कोरोनाबाट २ जनाको मृत्यु, २०० संक्रमित थपिए
  | १९ भाद्र २०७९, आईतवार ०५:०३

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ जनाको मृत्यु भएको छ ।

 

देशभर ३ हजार ५३७ नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।

 

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ ।