☰ open Loading... 20 September 2024|  

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित
  | २१ भाद्र २०७९, मंगलवार ०५:०७

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो ।

 

नेपाल प्रज्ञा– प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित/प्रभावितहरुको उद्धार तथा न्यायमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरिएको हो ।

 

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीलाई सम्मान–पत्र हस्तान्तरण गरेकी थिइन् ।