☰ open Loading... 19 September 2024|  

थप ३०० जनामा कोरोना संक्रमण
  | २२ भाद्र २०७९, बुधबार ०५:११

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७७ जना र २ हजार ६ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा संक्रमण देखिएको हो।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।