☰ open Loading... 16 September 2024|  

रुकुम पश्चिमका सिद्धार्थ राष्ट्रिय ब्याडमिन्टनका लागि छनोट
  | २२ भाद्र २०७९, बुधबार ०५:१२

रुकुम पश्चिम : रुकुम पश्चिमका सिद्धार्थ केसी नवौं राष्ट्रिय खुलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय ब्याडमिन्टनका लागि छनोट भएका छन् । कर्णाली प्रदेशस्तरीय छनोटमा उत्कृष्ट ७ भित्र पर्दै राष्ट्रिय प्रतियोगिताका लागि उनी छनोट भएका हुन् ।

 

उनले पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । उनी रुकुम पश्चिमबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने पहिलो खेलाडी हुन् ।

 

कर्णालीलाई ब्याडमिन्टका लागि ७ वटा कोटा थियो । जसअनुसार उत्कृष्ट ७ सम्म पुगेका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् । उनी क्वाटरफाइनलमा भने सुर्खेतका खेलाडीसँग पराजित भए । त्यस्तै रुकुम पश्चिमका विशाल विष्ट र ईश्वर रावल भने राष्ट्रिय खेलकुदका लागि छनोट हुन सकेनन् । विशाल आठौं स्थानमा परे भने ईश्वर प्रि–क्वाटरफाइनलमा पराजित भए ।

 

जिल्लाबाट पुरुष र महिलातर्फ समान ३÷३ जना खेलाडी सहभागी थिए । महिलातर्फ भने कसैले पनि पहिलो चरण पार गर्न सकेनन् ।