☰ open Loading... 7 September 2024|  

नेपालकाे विजयी सुरूवात
  | २२ भाद्र २०७९, बुधबार ०५:१६

 काठमाडाैं । सावित्रा भण्डारी र अनिता बस्नेतको दुई/दुई गोल मद्दतले नेपालले ‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ मा मंगलबार विजयी सुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गरेको हो ।

सावित्राले खेलको १२औं मिनेटमा पहिलो गरेयता ६८औं मिनेटमा दोस्रो गोल थपिन् । यससँगै नेपालको लागि सावित्राको व्यक्तिगत गोल संख्या ४० पुगेको छ ।

यस्तै, अनिताले खेलको ७३औं मिनेटमा तेस्रो गोल गरिन् भने चौथौ गोल ८४औं मिनेटमा गरिन् । अनिताले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै आफ्नो पहिलो गरिन् । खेल सुरुमा वर्षाका कारण प्रभावित रह्यो । दुबै टिमले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनन् ।

नेपाल लागि अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यु गरे । यो जितसँगै नेपाल समूह बी बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।