☰ open Loading... 18 October 2024|  

मिनीट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु
  | २५ भाद्र २०७९, शनिबार ०५:२६

जाजरकोट — जाजरकोट नलगाड नगरपालिका ८ मालुवातडामा भएको मिनीट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुकुमको राडीबजारबाट मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगरतर्फ जाँदै गरेको भे.१ ख.३७३६ नम्बरको मिनीट्रक ब्रेक फेल हुन गई बिहीबार अपराह्न सडकदेखि करिब ३५ मिटर तल भेरी नदी किनारमा खसेको हो ।

दुर्घटनामा सल्यान जिल्ला बनगाड कुपिण्डेदह नगरपालिका ५ घर भई हाल जिल्ला जाजरकोट नलगाड नगरपालिका ८ बगरा बस्दै आएको १८ वर्षीय आशीष गन्धर्वको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।

दुर्घटनामा रोल्पा जिल्ला गंगादेव ३ बस्ने वर्ष ३० का नवीन डाँगी सख्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत कोहलपुर लगिएको छ ।

ट्रक चालक सुर्खेत भेरीगंगा नगरपालिका ६ बस्ने वर्ष ५० का लक्षिराम बिक सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।