☰ open Loading... 7 September 2024|  

थप १६३ जनामा कोरोना संक्रमण
  | २६ भाद्र २०७९, आईतवार ०५:०४

काठमाडौंः पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा १६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा २४ सय २० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाको मृत्यु भएको छ ।