☰ open Loading... 12 March 2025|  

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते
  | २६ भाद्र २०७९, आईतवार ०५:०६

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका हुन्।

 

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा छन्। उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।