☰ open Loading... 20 September 2024|  

थप १०४ जनामा कोरोना संक्रमण
  | २७ भाद्र २०७९, सोमबार ०५:०७

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २ जनाको मृत्यु भएको छ ।३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।