☰ open Loading... 22 June 2024|  

थप २०३ जनामा कोरोना संक्रमण
  | २९ भाद्र २०७९, बुधबार ०५:११

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामाक कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन ।