| ३१ भाद्र २०७९, शुक्रबार ०५:०९
काठमाडौंः निर्वाचन आयोगले लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।बिहीबार आयोगले राष्ट्रिय भूमि आयोगलाई पत्र लेखेर जग्गा वितरणसम्बन्धि निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो ।
आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।