दैलेख : रेडियो मातृभूमि एफ.एम ९६.५ मेगाहर्ज दैलेखको उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर दैलेख सदरमुकाममा आयोजना कार्यक्रममा जिल्ला न्यायधिस बलराम लम्सालले रेडियोको उद्घाटन गरेका हुन ।
साउन १५ गते देखी परीक्षण प्रसारण थालेको रेडियो मातृभूमिको औपचारिक उद्घाटन सँगै नियमित कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । समाजमा रहेका पछौटेपन, गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार, अनियमितता लगायतका विविध विषयका विरुद्धमा रेडियोले सशक्त अबाज उठाउँदै जाने रेडियोका निर्देशक भिम सिजापतीले बताए ।
रेडियोको उद्घाटन कार्यक्रममा बोल्ने अधिकास बत्ताहरूले रेडियोको प्रगतिको कामना गरेका थिए । रेडियो स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
उद्घाटन कार्यक्रममा माननिय जिल्ला न्यायधिस बलराम लम्साल, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल , नारायण नगर प्रमुख लोमन शर्मा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कार्यालय प्रमुख, बिभिन्न संघसँस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता थियो ।