☰ open Loading... 7 September 2024|  

लागुऔषधसहित एक जना पक्राउ
  | ६ आश्विन २०७९, बिहीबार ०५:१३

लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को  रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा सिजापतीबाट लागु औषध फेला पारेको हो। लागुऔषधसहित घुमफिर गरिरहेको सुचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिएको थियो।

ब्राउन सुगरजस्तो देखिने २९० मिलिग्राम बराबरको कालो पदार्थ फेला पारेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। आवश्यक कार्वाहीका लागि प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ।