☰ open Loading... 16 September 2024|  

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ
  | ७ आश्विन २०७९, शुक्रबार ०५:१४

दैलेख । दैलेखमा मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ।बिहिबार बिहान तीन बजेको समयमा दैलेखको गुँरास गाँउपालिका वडा नं. १ पातल खोला स्थित घरबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ४ र ८ बस्ने ४ जना अभियुक्तहरुलाई २ वटा मोटरसाइकल (कर्णाली प्रदेश ००१ प २०९ , लु ८० प २०१८) चोरी गरी लिदै गरेको र निजहरु चढि आएको (भे.४ प ८५८३, लु ८० प १९३५) नम्बरको मोटरसाइकल तथा चार जना अभियुक्तहरुलाई स्थानिय ब्यक्तिहरुको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ।