☰ open Loading... 22 June 2024|  

थप ७६ जनामा कोरोना संक्रमण
  | ८ आश्विन २०७९, शनिबार ०८:३०

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८७ जना संक्रमित निको भएका छन् । शुक्रबार कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।